काठमाडौं – पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले राजनीतिक नेतृत्वमा दीर्घकालिन सोच र दृष्टिकोणको कमी भएको बताका छन् ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आईतबार राजधानीमा गरेको एक कार्यक्रममा पुर्व राष्ट्रपति यादवले अहिलेका नेतामा स्वर्गीय कोइरालामा जस्तो मुलुक बनाउने दृष्टिकोण नभएको उल्लेख गरेका हुन् ।
पूर्व राष्ट्रपति यादवले तात्कालिन शसस्त्र द्धन्द्धको अन्त्यसंगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा कोइरालाले निभाएको भूमिका सबैका लागि स्मरणीय रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले नेपालको राजनीतिक ईतिहाँसमा स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा कांग्रेस नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजाता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए ।