logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अनुसन्धानका लागि आलमलाई सात दिन म्याद थप


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – बम आक्रमण र सामूहिक हत्याको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

मंगलबार जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायाधीस चित्रबहादुर गुरुङको इजलासले आलमलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

२०६४ सालको संबिधान सभाको निर्वाचनमा रौतहट जिल्लास्थित राजपुर फरहदवामा भएको बम काण्डका मुख्य आरोपी भनिएका नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले गौरबाट पक्राउ गरेको थियो ।

पहिलो संविधान सभाको निर्वाचनको पूर्वसन्ध्यामा ‘बूथ कब्जा गर्ने उद्देश्यले’बम बनाउने क्रममा विष्फोट हुँदा कम्तीमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो । तर उक्त घट्नामा परि घाइते भएका अन्यलाई समेत जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो ।