logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अदालतमा महराको बहस सकियो, आदेश कुर्दै


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई साधारण तारेखमा छोड्ने कि थुनामै राखेर अनुसन्धान गर्ने भन्ने विषयमा काठमाडौं जिल्ला अदालतमा बहस भएको छ ।

न्यायाधीश दीपककुमार दाहालको इजलासमा भएको बहसमा सरकारका तर्फबाट एक जना सरकारी वकिलले बहस गरेका थिए भने महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठसहित चार जनाले बहस गरेका थिए ।

अहिले दुवै पक्षको बहस सकिएकाले अदालतको आदेश कुरेर बसेको बताइएको छ । महरालाई यतिबेला जिल्ला अदालतका श्रेस्तेदारको कक्षमा राखिएको स्रोतले जनाएको छ ।