logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सांसद साहलाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतको अनुमति


अंकुरण खबर
988
Shares

काठमाडौं –  जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद  प्रमोद कुमार साहलाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

सांसद साहलाई अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले ४ दिनको म्याद थप गरेको हो । प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर म्याद थप गरेको हो ।

प्रहरीले १० दिनको लागि अनुसन्धानका लागि म्याद थपको समय माग गरे पनि अदालतले भने ४ दिनको मात्र म्याद थप गरेर अनुसन्धान गर्नका लागि आदेश दिएको श्रेस्तेदार यज्ञ प्रसाद आचार्यले जानकारी दिए ।