logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्ध एयरको सिटी अफिसमा राजपाको तालाबन्दी


अंकुरण खबर
2.496K
Shares

संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेका छन्।

तालाबन्दी गर्नबाट सुरक्षाकर्मीले रोकेपछि राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक पारमेश्वर साह, जनकपुरधामकी उपमेयर रिता झा, प्रदेश सांसद सुरिता साह, पूर्वसांसद दिनेश साह कार्यालयमै केहिबेर धर्ना बसे। त्यसपछि सुरक्षाकर्मी तालाबन्दी गर्न दिएको छ।

तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरु बुद्ध एयर ुगो ब्याकु नारा लगाए। तालाबन्दीपछि राजपाका कार्यकर्ता त्यहाँबाट हिँडेका छन्। मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस संचालन गर्न नदिने सांसद पारमेश्वर साहले जानकारी दिए। उनले भने, ‘सामान्य विषयलाई ठूलो बनाएर मुद्दा दर्ता गराएको छ। अब अझ सशक्त आन्दोलनमा उत्रने आजै निर्णय लिन्छौं।‘