logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध : मन्त्री भट्टराई


अंकुरण खबर
585
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लोपोन्मुख जाति, भाषा र संस्कृतिको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबै भाषा, जाति र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि सरकारले संवैधानिक रुपमा नै विभिन्न प्रतिष्ठानहरु गठन गरेको बताएका हुन् ।

मन्त्री भट्टराईले कतिपय जातिहरुको पहिचान र कतिपय भाषाहरु लोप हुन लागेकाले तिनीहरुको संरक्षण र सम्वद्र्धन गर्ने दायित्व सरकारले लिने पनि बताए ।

मन्त्री भट्टराईले जनस्तरबाट स्थापना गरिएका संघ, संस्थाहरुले पनि नेपालको अमूर्त सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुसी ब्यक्त गरे । संस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलाई लोप हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

अमूर्त सांस्कृतिक सम्पदा दिवसको अवसर पारेरआज बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । काठमाडौंको प्रर्दशनीमार्गस्थित पर्यटन बोर्डको गेटबाट सुरु भएको प्रभातफेरी भद्रकाली, सहिदगेट, रत्नपार्क हुँदै जमलस्थित राष्ट्रिय नाचघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।