logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लुसीएल क्रिकेट लिगमा विराटनगरद्धारा पोखरासामु ९५ रनको सामान्य लक्ष्य


अंकुरण खबर
2.028K
Shares

काठमाडौं – महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा पोखरा पल्टनले विराटनगर टाईटन्सलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेका छन् ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुवरले अविजित रहदै सर्वाधिक २२ रन जोडिन् ।

यस्तै कप्तान सिता राना मगरले १६ रन जोड्दा अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । सरस्वती मगर १० रनमा अविजित रहिन् । विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् ।

आज विराटनगर दोस्रो जितको खोजीमा रहेको छ । पोखरा भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो । पोखरा भने क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो ।