logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


अंकुरण खबर
923
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउँदो बिहीबार बस्ने भएको छ ।

मंसिरमा हुने उपचुनावको तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकले कास्कीको क्षेत्र नम्बर २ मा पार्टीको उम्मेदपवार टुंगो लगाउने सम्भावना छ ।

यस्तै प्रदेश र स्थानीय तहका उम्मेदवारबारे पनि बैठकमा छलफल हुनसक्ने एक नेताले बताए । आउँदो मंसिर १४ गते उपचुनाव हुँदैछ ।