logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान प्रस्थान


अंकुरण खबर
1.781K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मारको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरेकी छन् ।

थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा म्यान्मारको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्मारको लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गरे । जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ । सोही अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भएर नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।