काठमाडौं – राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम तय भएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका बताए ।
सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ । जापानी अन्तर्रा्ष्ट्रिय सहयोग नियोग ९जाइका०को सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो ।
करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने छ अर्ब रुपियाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्ने छ । प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महìवपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।