काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने जनाइएको छ ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयनका विषयमा बैठकमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।