काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् ।
उनलाई चितवन प्रहरीले आज विहान भरतपुरस्थित बसेनी क्षेत्रबाट पक्राउ गरेको हो ।
उनलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।