logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म र प्रधानमन्त्रीबीच कुनै विवाद छैन : अध्यक्ष प्रचण्ड


अंकुरण खबर
767
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको बताएका छन् ।

मंगलबार पाँचथरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेकाले अव होहल्ला र प्रचारवाजीमा कोहि पनि पर्न आवश्यक नरहेको बताएका हुन् ।

उनले मन्त्रीपरिषद् परिवर्तनको बिषय प्रधानमन्त्रीको आफ्नो क्षेत्राधिकारको बिषय भएको र पार्टी एकताको कार्य अन्तिम चरणमा पुगेको बताए । उनले अव मुलुक बिकासको बाटोमा अघि बढेको समेत तर्क गरे ।

गतवर्ष कानून निर्माणको बर्ष रहेको र यस अवधिभर अन्तराष्ट्रिय सम्बन्ध थप उचाईमा पुराउन केन्द्रित रहेको उनको भनाई छ। चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएको सहमझारी नेपालको बिकासको कोशेढुङ्गा र बिकासको नयाँ युगतर्फ नेपाल प्रवेश गरेको उनले बताए ।