काठमाडौं – क्याट क्विन्स काठमाडौं वुमन्त च्याम्पियन्स लिग क्रिकेटको फाइनल प्रवेश गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगर टाइटन्सलाई ९ विकेटले पराजित गर्दै क्याट क्विन्स काठमाडौं फाइनलमा प्रवेश गरेको हो ।
अव आगामी बिहीबार हुने खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोजसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विराटनगर टाइटन्स भने प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर टाइटन्सले दिएको ६९ रनको सामान्य लक्ष्य क्याट क्विन्स काठमाडौंले ९ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा ग¥यो ।
काठमाडौंका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ रन जोड्दा अप्सरी बेगमले ३७ रनको योगदान गरेकी थिइन् । विराटनगरलाई समेटन काठमाडौंकी कप्तान रुविना क्षेत्रीले ४ विकेट लिएकी थिइन् ।
प्रतियोगिताको विजेता टोलीले ७ लाख नगदसहितको पुरस्कार पाउनेछ ।