logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारी आज स्वदेश फर्कँदै


अंकुरण खबर
1.378K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किदै छिन् । उनी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्कने कार्यक्रम छ ।

जापानी सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यानमारबाट जापान गएकी थिइन् । राष्ट्रपति भण्डारी मंगलबार जापानी सम्राटको गद्दी आरोहण समारोहमा सहभागी भइन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा। हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी छन् ।

यसअघि राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् । म्यानमार भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी थिए ।