logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माग पुरा नभए आमरण अनशन थाल्ने नेविसंघ विद्यान पक्षधर विद्यार्थीहरुहरुको चेतावनी


अंकुरण खबर
2.158K
Shares

नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले माउ पार्टी कांग्रेसले विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने कदम प्रति गम्भिर ध्यानाकार्षण भएको जनाएका छन् ।
बुधबार काठमाडौंमा साक्षतकार गर्दै नेतृत्वले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउन खोज्नु लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन् ।
कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने माग गरेका छन् । उनीहरुले संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्नेे माग गरेका छन् । विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने पनि उनीहरुको चेतावनी दिएका छन् ।