logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लप समुहद्धारा नेकपाका नेतामाथि आक्रमण


अंकुरण खबर
2.899K
Shares

जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ ।

नेत्रविक्रम चन्द समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचमा रहेको उकालोमा नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बर सिंहमाथि बुधबार बिहान आक्रमण गरेका हुन् ।

आक्रमणमा परी प्रदेशसदस्य सिंहलाई धेरै चोट लागेको अर्का घाइते आचार्यले जानकारी दिए । उनीहरुलाई अर्जुन नामका युवाले आफु नेत्र विक्रम चन्द (विप्लप) को कार्यकर्ता हो भन्दै गाली गर्दै लौराले पिटेका  थिए। घाइते दुवैको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।