काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन् ।
अजरबैजानको बाकुमा असंलग्न राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन उनी बिहीबार कतार एयरवेजको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई पनि उनीसँग त्यसतर्फ प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले अजरबैजान भ्रमणका क्रममा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नेछन् ।