logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवका थाहा नगर इन्चार्ज पक्राउ


अंकुरण खबर
819
Shares

काठमाडौं – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका थाहा नगर इन्चार्ज अनुप भनिने श्यामकुमार लामा पक्राउ परेका छन् ।

लामालाई आज बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले थाहा नगरबाटै पक्राउ गरेको हो ।

गत असोज २७ गते थाहानगरपालिका बडा नम्वर ५ को कार्यालयको आगजनीलगायत आपराधिक घटनामा संलग्न रहेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।