नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन् ।
आज विहान काभ्रेको धुलिखेल अस्पताल पुगेर देउवाले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन । उनले घाइतेका आफन्त र अस्पतालका चिकित्सकसँग विरामीको अवस्था बारे छलफल समेत गरेका छन् ।
भेटपछि सभापति देउवाले दुर्घटनामा घाइतेको उपचारका लागि मुलुकका विभिन्न स्थानमा ट्रमा सेन्टर स्थापना गर्नुपर्ने पनि बताए । सार्वजनिक यातायातलाई भरपर्दो र सुरक्षित बनाउनका लागि पहल गर्नुपर्ने सभापति देउवाको भनाइ छ ।