काठमाडौं – इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब ९एमसिसी०ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसिसीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २०१ रनको योगफल बनाएको हो ।
एमसिसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए । यस्तै बिल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि पवन शर्राफ र ललित राजवंशी समान चार विकेट लिए भने अविनाश बोहरा र करण केसीले समान एक विकेट लिए ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसिसीको यो दोस्रो खेल हो । आइतबार सम्पन्न पहिलो खेलमा एमसिसीले उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको थियो ।