logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलमसहित १० जनालाई जन्मकैदका ३ वटा मुद्दा दर्ता


अंकुरण खबर
1.157K
Shares

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदका ३ वटा मुद्दासहित सरकारी वकिल कार्यालय रौतहटले सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको छ।

सरकारी वकिल कार्यालय रौतहटले जन्मकैदको माग गर्दै १० जनामाथि जन्मकैदको मुद्दा दर्ता गरेको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्याधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिएका छन्।

आलमसहित १० जनामाथि रौतहट प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दा दर्ता गरेको हो। आलमको मुद्दा ९५ नम्बरमा दर्ता गरिएको छ। समयअभावका कारण थुनछेक बहस भने सोमबार नभई मंगलबारबाट मात्रै हुने भएको छ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।