logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसिसीविरुद्ध नेपाल पाँच विकेटले विजयी


अंकुरण खबर
1.638K
Shares

काठमाडौं – नेपाल टुरमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली क्रिकेट टिम पाँच विकेटले विजयी भएको छ। पारस खड्का र सन्दीप लामिछाने बाहेकको टिमममा मैदानमा उत्रीएको अवस्थामा पनि नेपालले सहज जित निकालेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पहिले व्याटिपङ गरेको एमसीसीले २०२ रनको लक्ष्य दिएको थियो। नेपालले ११ ओभर बाँकी रहँदै सहज जित निकालेको हो। नेपालका लागि विनोद भण्डारीले अविजित ५० रनको अर्धशतकीय पारी खेले।

त्यस्तै, पवन शर्राफ ३५ रनमा अविजित रहे। पहिलो विकेटको रूपमा इशान पाण्डेलाई गुमाएको नेपालले दोस्रो विकेटकको रुपमा कप्तान ज्ञानेन्द्र मल्लाई गुमाएको थियो। इसान र ज्ञानेन्द्रपछि व्याटिङमा आएका शरद भेषवाकरले २४ तथा दीपेन्द्र ऐरीले २१ रन मात्रै बनाएका थिए। यसपछि व्याटिङमा आएमा आरिफ शेखले २३ रनको योगदान गरेका थिए।

बलिङतर्फ ललित राजवंशी र पवन सर्राफले एमसिसीका चाररचारजना ब्याट्सम्यानलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए।एमसिसीले राम्रो सुरुवात गरे पनि १५ औभरमै अलआउट हुँदै २०१ मात्रै बनाउन सकेको थियो।