logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज राजपाको बैठक बस्दै


अंकुरण खबर
949
Shares

काठमाडौं – राजपाले उपनिर्वाचन र जिल्ला तहसम्मका अधिवेशनबारे छलफल गर्न राजपा नेपालले अध्यक्षमण्डलको बैठक आज डाकेको छ ।

पार्टी मुख्यालय बबरमहलमा बस्ने बैठकले आसन्न मंसिर १४ को उपनिर्वाचनका लागि उम्मेदवारी तय गर्ने र विभिन्न दलहरुसँग हुन सक्ने तालमेलबारे छलफल गर्ने तयारी गरेको छ ।

आजै ५२ पर्यवेक्षकले जिल्ला जिल्लामा तदर्थ समिति गठन गर्ने प्रक्रिया शुरु गर्ने पनि पार्टीका महासचिव केशब झाले जानकारी दिए । राजपाले २४ कात्तिकमा वडा, २६ कात्तिकमा पालिका , २८ कात्तिकमा प्रदेशसभा र प्रतिनिधि सभा अन्तर्गत अधिवेशन आह्वान गरेको छ । यसैगरी कात्तिक ३० मा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ ।