logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरको सप्तगण्डकी क्याम्पसमा नेविसंघको अनिश्तिकालिन तालाबन्दी


अंकुरण खबर
2.912K
Shares

नेपाल विद्यार्थी संघले भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघ इकाई समितिले आज विहान क्याम्पस प्रमुख मणिराज महतोको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

इकाइ अध्यक्ष राजेश भुषालले विभिन्न समयमा नेविसंघले राखेको माग सुनुवाई नभएकाले अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी दिए । आफूहरुको माग सम्बोधन नगरी मनोमानी ढंगले क्याम्पस प्रशासन अघि बढेकोले विद्यार्थीको हक र अधिकार सुनिश्ति गर्नका लागि तालाबन्दी गरिएको अध्यक्ष भुषालले बताए ।

नेविसंघले विभिन्न समयमा माग राखेर प्रशासनलाई पटक–पटक ज्ञापन पत्र समेत बुझाएको छ । ती सबै माग पुरा नभएकाले बाध्य भएर आन्दोलनमा जानुको विकल्प नरहेको नेविसंघले जनाएको छ ।