काठमाडौं – सरकार प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (विप्लव)को छोरा प्रकाश चन्दको नेतृत्वमा आज राजधानीको माइतीघरमा प्रदर्शन भएको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरेका हुन् । उनीहरुले विद्यार्थीमाथिको दमन बन्द गर, मेडिकल माफिया मुर्दावाद, प्रगतिशील विद्यार्थी एक होऔं लगायत नारा लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । मेडिकल कलेजहरुले मनपरी शुल्क असुल्दा पनि राज्य मौन भएको भन्दै सरकारको कडा आलोचना समेत गरेका थिए ।
प्रदर्शनका क्रममा अभियानका संयोजक प्रकाश चन्दले बढी असुलिएको सुल्क फिर्तालगायतका आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।