logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलमको बयान आज पनि जारी


अंकुरण खबर
806
Shares

काठमाडौं – नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको बयान आज पनि जारी रहने भएको छ ।

मंगलबार रौतहट जिल्ला अदालतमा सामान्य सोधपुछ भएको थियो । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा एक घन्टाको बयानपछि आलमलाई आज फेरि उपस्थित हुनेगरी अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ । २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरिएको थियो ।