logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक आज बस्दै


अंकुरण खबर
780
Shares

काठमाडौं –  नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ताका लागि निर्वाचन आयोगले तय गरेको मितिको अघिल्लो दिनसम्म पनि उमेदवार टुंगो लगाउन सकेको छैन ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि प्रतिनीधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयनका लागि विहिवारको मिति तोकेको छ ।

मंगलबार सभापति शेरबहादुर देउवाको निवासको १० घण्टाभन्दा बढि समय बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाउन सकेन । दिनभरीमा उमेदवारको टुंगो नलागेपछि बैठकमा संस्थापन पक्षले उमेदवारको निर्णय गर्ने जिम्मा सभापति देउवालाई दिन प्रस्ताव गरेका थिए ।

तर, संस्थापन इतर समूहले भने त्यसमा असहमति जनाएको थियो । प्रदेशसभा सदस्यका विषयमा लगभग उम्मेदवारको टुंगो लागे पनि कास्की २ मा समस्या भएको कांग्रेस नेताहरुले बताएका छन् । कास्की २ मा १६ जना उमेदवारको नाम सिफारिस गरिएको थियो । बैठक आज फेरि बस्ने कांग्रेसले जनाएको छ ।