logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने


अंकुरण खबर
3.081K
Shares

काठमाडौं – नेपाली कांग्रेसले कास्की २ मा खेमराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको हो ।

कास्की कांग्रेसका नेता एवं सोही क्षेत्रबाट यसअघिको निर्वाचनमा पराजित उमेदवारसमेत रहेका देवराज चालिसेले पौडेललाई उमेदवार भएको भन्दै शुभकामना दिएका छन् । चालिसेलाइ पनि सो क्षेत्रका लागि दाबेदारको रूपमा लिइएको थियो ।

अर्का दाबेदार धनराज गुरूङले पनि स्थानीयलाइ नै उम्मेदवार बनाउने उपयुक्त हुने सुझाव दिँदै आफू दौडबाट बाहिरिएको संकेत गरेका थिए ।