logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इँटाभट्टामा जिउँदै मान्छे जलाएको छैन : सांसद आलम


अंकुरण खबर
2.587K
Shares

काठमाडौं – इँटाभट्टामा जिउँदै मान्छे जलाएर मारेको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले घटना नै अस्विकार गरेका छन् ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा बुधबार बयान दिने क्रममा आलमले घटना हुँदै नभएको भन्दै आफूमाथिको अभियोग अस्वीकार गरेका हुन् । बम विस्फोटको कुनै घटना नै नभएको विषयमा आफूलाई राजनीतिक पूर्वाग्रहका कारण फसाउन खोजिएको बयान उनले दिएका छन् ।

रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य आलमसमेत ११ जनामाथि विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर गरेको आरोपमा तीन छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले यही सोमबार रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । मंगलबार विभिन्न नौ औपचारिक प्रश्नमै सीमित रहेको इजलासले बुधबार बिहान १० बजे अदालत पुगेका आलमसँग साँझ ४ : ३० बजेसम्म २३ वटा प्रश्न सोधेको थियो । ती सबै प्रश्नमा आलमको इन्कारी बयान छ ।

बुधबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा केन्द्रित रही बयान लिइए पनि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको गैरकानुनी प्रयोगका विषयमा दायर अभियोग सम्बन्धमा बिहीबार बयान लिइने बताइएको छ ।