logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगामी दुई वर्षमा कार्णाली प्रदेश झिलिमिली हुन्छ : मन्त्री पुन


अंकुरण खबर
3.887K
Shares

आगामी दुई वर्षमा कर्णाली प्रदेश उज्यालो हुने भएको छ । नेपाल पत्रकार महासंघ सल्यानले आज बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताएका हुन्।

कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पुर्याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले कार्यक्रममा बताए । ‘कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युत्को पहुँचबाट बाहिर रहेका छन् । सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन,’ मन्त्री पुनले भने ।

अहिले कर्णालीका सबै बस्तीमा विद्युत् पुर्यानउनका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको पनि मन्त्री पुनले जानकारी दिए ।