logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउँदै


अंकुरण खबर
3.666K
Shares

काठमाडौं – बलिउड कालाकार धमाधम नेपाल आउने क्रम बढिरहेका बेला भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन् ।

सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन् । युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ । उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन् ।

स्रोतका अनुसार सचिन त्यही दिन भारत फर्कने कार्यक्रम छ । सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए । त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए ।