logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै


अंकुरण खबर
1.495K
Shares

काठमाडौं- जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन ।

उनी नेपालमा कात्तिक २६ गतेदेखि २९ गतेसम्मको औपचारिक भ्रमणमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालका राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिद बीच भेटवार्ता हुनेछ ।

त्यस्तै उनले नेपालमा रहँदा पोखरा तथा काठमाडौंका विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गर्ने मन्त्रालयले जनाएको छ ।