काठमाडौं – कीर्ते तथा ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् ।
मन्त्री रावलले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । आर्थिक अनियमितता आरोपमा रावलविरूद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दर्ता भएको छ । उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि छानविन सुरू गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित १६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको थियो ।