logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाले टुंग्यायो ४ विभागको नेतृत्व


अंकुरण खबर
793
Shares

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चारवटा विभागको नेतृत्व चयन गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले अनुशासन, निर्वाचन, लेखा र सल्लाहकार विभागको नेतृत्व चयन गरेको हो ।

केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकाय, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य, केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा चयन भएका छन् । त्यस्तै, जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन् ।

सीमा विवादमा निकासका लागि भने कुटनीतिक पहल गर्नुपर्ने निस्कर्ष बैठकले निकालेको छ । सचिवालय बैठकमा मन्त्री हेरफेरको एजेन्डाले प्रवेश नपाएको नेताहरुले बताएका छन् ।