काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले कालापानीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
आज सिंहदरबारमा राज्य ब्यवस्था समितिको बैठकमा उनले दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रहेपनि विवादित भूमिमा सुरक्षापोष्ट थप गर्न लागिएको जानकारी दिएका हुन ।
कालापानी विवाद छ दशक लामो भएकाले त्यसको समाधानका लागि सरकार गम्भीर रहेको पनि मन्त्री थापाले बताए।