logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो जित


अंकुरण खबर
884
Shares

बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन ‘एभिसी’सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

आज ढाकामा भएको खेलमा नेपालले किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सेटमा हराएको हो । जितसँगै नेपालले दुई खेलमा छ अंक जोडेको छ । पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पनि सोझो सेटमा हराएको थियो । नेपालले भोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो अन्तिम खेलमा बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।