logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले नेपाल भूभागलाई आफ्नो नक्सामा समेटेर राष्ट्रिय चुनौति दियो : प्रचण्ड


अंकुरण खबर
1.235K
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भएको बताएका छन् ।

भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली भूमिलाई भारतले जबरजस्ती आफ्नो देशको नक्सामा राखेको बताएका हुन्। प्रचण्डले भारतले नेपाल भूभाग आफ्नो नक्सामा समेटेर राष्ट्रिय चुनौति दिएको बताए। ‘हामीलाई भारतले जबरजस्ती रूपमा राष्ट्रिय चुनौति दिएको छ। यसलाई सबै मिलेर अवसरका रूपमा लिएर सकारात्मक परिणाम निकाल्नुपर्छ,’ उनले भने ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा समस्या ऐतिहासिक दस्तावेज, तथ्यका आधारमा समाधान हुने बताए।  सीमा विवादबारे सम्पूर्ण राजनीतिक दलबीच राष्ट्रिय एकता रहेको प्रचण्डको भनाइ छ। प्रचण्डले अहिलेको यो समस्यालाई नेपाली सीमा समस्या समाधानका लागि अवसरका रूपमा लिनुपर्ने बताए।