logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मैत्रीपूर्ण भलिबलः आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.703K
Shares

काठमाडौं- नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले आज भारतको राष्ट्रिय टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

वैदेशिक प्रशिक्षणका लागि भारतमा रहेको नेपाली टिमले आज भारतको राष्ट्रिय टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल बैंगलोरस्थित साउदर्न साई कभर्डहलमा आज साँझ ५ बजेपछि सुरु हुनेछ ।

भारतीय भलिबल फेडेरेसनको निमन्त्रणमा नेपालले भारतीय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्नुको साथै प्रशिक्षण पनि गर्नेछ । मैत्रीपुर्ण खेललाई सागको तयारीको रुपमा लिइएको छ।

नेपालले दोस्रो खेल कात्तिक २९ र तेस्रो खेल मंसिर २ गते खेल्नेछ ।