काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले बुधबार पनि भारतीय हस्तक्षेपकाविरुद्ध प्रदर्शन गरेको छ।
नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछापोखरी क्षेत्रमा भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका हुन्।
नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शन नेबिसघका नेताहरू निरन्जन थापा, ईस्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे ,स्यवइच्छा उप्रेती, ठाकुरप्रसाद नेपाल, लक्ष्मी सिलवाल, किरण भट्टराई, जीवन रानालगायत विद्यार्थी, तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरू भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो।