logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बी एण्ड आर कप : आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दै


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको नेपाली यू–१९ राष्ट्रिय महिला टिमले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

संघाईमा जारी प्रतियोगिताको अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपालले तेस्रो खेलमा आज म्यानमारसँग खेल्न लागेको हो । म्यानमारविरुद्ध नेपाल सहज जितको खोजीमा हुनेछ । किनकी म्यानमार तुलनात्मक रुपमा नेपालको सहज प्रतिद्वन्दी हो ।

यस अघि नेपाल थाइल्याण्डसँग २९ रन पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चीनलाई ८ विकेटले पराजित गरेको थियो ।

म्यानमारपछि नेपालले अन्तिम खेलमा भोलि शुक्रबार मलेसियासँग खेल्नेछ ।