काठमाडौं – सत्तारुढ समाजवादी पार्टीको प्रथम संघीय परिषद बैठक बस्ने भएको छ । तत्कालीन नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीको यो पहिलो संघीय परिषद बैठक हो ।
आज प्रज्ञा भवनमा सुरु हुने बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
संघीय परिषदको बैठक आजै सम्मन्न हुनेछ । शुक्रबार र शनिबार दुई केन्द्रीय समितिको बैठक जारी रहने पाण्डेले जानकारी दिए । बैठकले पार्टीमा सरकारको सहभागिता र समाजवादी पार्टीसँग एकताको बारेमा निर्णय लिनेछ ।