logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इमर्जिङ एसिया कप : नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य


अंकुरण खबर
1.092K
Shares

काठमाडौं – बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

ढाकास्थित बंगलादेश कृरा शिक्खा मैदानमा आज टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ५ बलमा अलआउट हुँदै १ सय ९३ रन बनायो ।

नेपालका लागि पवन सर्राफले ५६, शरद भेषावकरले ४४ कुशल भुर्तेलले २८, दीपेन्द्र सिंह ऐरीले २४, करण केसीले २०, विनोद भण्डारीले ५, आरिफ शेखले २ रसोमपाल कामीले २ बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए ।

भारतका लागि सौरभ दुबेले ४, यश राठोडले ३, पार्थ रेखाडेले २ र सिद्धार्थ देसाईले १ विकेट लिए ।