logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सन्दीप लामिछाने ‘पीएसएल’ को ड्राफ्टमा


अंकुरण खबर
3.276K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ‘पीएसएल’ को ‘टी ट्वान्टी’क्रिकेट लिगको ड्राफ्टमा परेका छन् । उनी प्लाटिनम श्रेणीको ड्राफ्टमा परेका हुन । सन्दीपसँगै प्लाटिनममा २८ जना विदेशी खेलाडी परेका छन्।

पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट अनुसार प्लाटिनमको न्युनतम मुल्य १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले पाँच जनाको नाम सिफारिस गरेपनि ड्राफ्टमा पर्ने लामिछाने एक्लो नेपाली खेलाडी हुन् ।

क्यानले विनोद भण्डारी, करण केसी, पवन सरार्फ, ललित राजवंशी र आरिफ शेखको नाम सिफारिस गरेको थियो । ड्राफ्ट डिसेम्बर पहिलो साता हुनेछ ।

एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । पीएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङस, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।

लामिछानेले गत सिजन पनि लाहोर क्वालन्डर्सबाट पीएसएलमा सहभागिता जनाएका थिए ।