बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू-२३ टिमसँग ७ विकेटले पराजित भएको हो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले ।
खराब सुरुवात गरेको नेपालले पहिलो ओभरको दोस्रो बलमै कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य रनमा गुमाएको थियो । तर, नेपालका लागि शरद भेषवाकर र कुशल भुर्तेलले दोस्रो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । शरद ४४ तथा कुशल २८ रनमा आउट भए ।
भारतका सौरभ डुबेले ४ विकेट लिए । यस्तै एस राठोडले ३ तथा पर्थ रेखाडेले २ विकेट लिए ।
प्रतियोगिताको समूह (बी) मा रहेको नेपालले अब शनिबार हङकङसँग खेल्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।