logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने


अंकुरण खबर
884
Shares

काठमाडौं – समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । सरकार छाड्नुपर्ने मत राख्दै आएका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नै मध्यमार्गी प्रस्ताव राखेपछि सरकारबाट बहिर्गमन तत्काललाई टरेको हो ।

सरकारबाट बाहिरिन पार्टीभित्र दबाब आइरहेका बेला बिहीबार बसेको संघीय परिषद बैठकमा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्दै सरकार एकलौटी ढंगले अघि बढेकोले सहभागिताबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

पार्टी संविधान संशोधन गर्ने शर्तमा सरकारमा गए पनि त्यसप्रति अनिच्छा देखाएको मात्र होइन, संघीयताको मर्ममाथि नै प्रहार गर्दै गएका उनको निश्कर्ष छ ।

सविधानमा उल्लेख भएका प्रदेश र स्थानीय तहहरुले पाउनुपर्ने साधन, स्रोत, शक्ति र अधिकार संघीय सरकारमै सीमित राख्ने प्रवृत्तिले संघीयताको अवधारणा नै संकुचित हुन पुगेको छ’ भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् ।