काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताका बाँकी काम, मन्त्रिपरिषद् हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल लगायतसँग लगातार नेतासँग तीनदिनसम्म परामर्श गरेपछि बैठक राखेका हुन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका पार्टी नेताहरूको व्यवस्थापन गर्न चाहेका छन् ।
ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारी गरेको बताइएको छ । दाहाललाई कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व दिने ओलीको तयारी छ ।