logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्वल समूहका जाजरकोट इञ्चार्ज पक्राउ


अंकुरण खबर
1.352K
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’समूहका जाजरकोटका इञ्चार्ज पक्राउ परेका छन् । जाजरकोट इञ्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ पक्राउ परेका हुन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भएका वली बिहीबार राति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पूर्वमाओवादी लडाकुसमेत रहेका उनलाई चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।