logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रधानमन्त्री सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत


अंकुरण खबर
1.482K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।

राजीनामा स्वीकृत भएसँगै उनीहरु पदमुक्त भएका हुन् । राजीनामा स्वीकृत हुनेमा प्रेश सल्लाहाकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।

अर्यालसहित ६ जनाको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो ।

प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ । आफ्नो स्प्रीट अनुसार काम गर्न नसकेकाले सचिवालयका केही सदस्य र सल्लाहकारको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।