logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजसंस्था माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।

स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आज बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।

हिन्दु राष्ट्र पुनर्स्थापना र नेपालको निकास तथा विकासका लागि सत्याग्रह थालिएको आयोजकले बताएका छन् । भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको आयोजकको भनाइ छ ।

सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ ।